सिन्धुपाल्चोक - फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ मा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ लाई उम्मेदवार बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक–२ का लागि दुलाललाई टिकट प्रदान गरेका हुन् ।
सिन्धुपाल्चोक २ (क)बाट २ पटक प्रदेशसभा सदस्य निर्वाचित भएका दुलालले टिकट पाएसँगै प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेर माघ ६ गते हुने प्रतिनिधिसभा सदस्य पदकका लागि मनोनयन दर्ता गर्नेछन् । दुलाल २०७४ र २०७९ मा सो क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
उनको नाम क्षेत्रीय समिति र जिल्ला कमिटिबाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको थियो ।
उनले पहिलो कार्यकालमा प्रदेशको सामाजिक विकास मन्त्रालय र दोस्रो कार्यकालमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

