Harsamaya

काठमाडौं - नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

आगामी माघमा हुने संघको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ (प्रत्येक प्रदेशबाट १/१ जना प्रादेशिक संयोजकसमेत रहने गरी), महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरुले नाम दर्ता गराएका छन् ।

अध्यक्षमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि भिड्दैछन् । संघको निर्वाचन काठमाडौँ उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौं उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update