Harsamaya
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए-३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो 
तस्वीरः एजेन्सीबाट

काठमाडौं - युरोपको विमान निर्माता कम्पनी एयरबसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ए–३२० समूहका हवाईजहाज फिर्ता बोलाइरहेको जानकारी दिएको छ । विमानमा भएको सफ्टवेयर परिवर्तनका कारण कम्पनीले यो कदम चालेको हो ।

कम्पनीको यो निर्णयले पूरा विश्वमा असर पार्नेछ । हवाई यातायात नराम्ररी प्रभावित हुनसक्छ । एयरबसको ५५ वर्षको इतिहासमा यसलाई सबैभन्दा ठूलो रिकल (फिर्ता बोलाएको) मानिएको छ । हाल एयरबसका ए–३२० विमानहरू विश्वभरका एयरलाइन्सले प्रयोग गर्दै आएका छन् ।

एयरबसका करिब ११ हजार ३०० ए–३२० विमान सञ्चालनमा छन् । तीमध्ये कम्पनीले करिब ६ हजार विमानलाई रिकल (फिर्ता) गरिरहेको छ ।

क्रिसमसको समयमा हवाई यात्राको चाप धेरै हुने गर्छ । यही बेला एयरबसले आफ्ना विमान फिर्ता बोलाउँदा विश्वव्यापी हवाई यातायातमा ठूलो असर पर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update