आजदेखि चुच्चे नक्सा भएको एक सयको नयाँ नोट प्रचलनमा आउने
काठमाडौं - आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै एक सय रुपैयाँको चुच्चे नक्सा भएको नोट प्रयोगमा ल्याउन लागेको जानकारी गराएको हो ।
नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ भने नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्यणले २०८१ वैशाख २० गते १०० को नोटमा चुच्चे नक्सा राख्ने घोषणा गरेको थियो । तर नोट प्रयोगमा आएको थिएन ।
यो नोट चीनमा छापिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२ १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

