पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक
काठमाडौं-पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।शनिबार (मंसिर ६) केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले सम्बोधन गरे ।
बैठकमा आइतबार (मंसिर ७) हुने पार्टी एकताका विषयमा छलफल गरिएको केन्द्रीय सचिवालयले जनाएको छ । आइतबार मध्याह्न १२:०० बजे राष्ट्रिय सभागृहमा उक्त पार्टीले बृहत् एकता घोषणासभाको आयोजना गर्दै छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२ २०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

