Harsamaya
आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैंन - महेश बस्नेत
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत ।

काठमाडौं - नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बस्नतेले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए । 

 एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको उनले स्पष्ट पारे । 

उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उनले बताए । 

नेता बस्नेतले धारणा राखिरहदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 


 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update