Harsamaya
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेत ।

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भएको आरोप लगाएका छन् । 

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले प्रधानमन्त्रीको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भएको आरोप लगाएका हुन् । 

उहाले एमालेलाई जनतामा गएर देशलाई अघि बढाउने अभियान सञ्चालन गर्न कसैले रोक्न नसक्ने जिकिर गरे । 

बस्नेतले नेता बन्न रहर भए प्रतिष्पर्धाबाट आउन चूनौति समेत दिए । बस्नेतले अहिले जेनजीका नाममा अराजक प्रवृति मौलाउन खोजेको बताए । 

उनले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गरे । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update