Harsamaya
लाभांश पारित गर्न निफ्रा द्वारा मङ्सिर २३ मा साधारण सभा आह्वान

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मङ्सिर २३ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैङ्कले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव अगाडि सारेको छ । साथै सभाले आगामी वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयर धनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका अन्य नियमित एजेन्डामाथि पनि निर्णय गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैङ्कले मङ्सिर १२ गते बुकक्लोज गर्ने भएको छ । निफ्राले गत वर्षको वित्तीय प्रगतिसँगै शेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गर्दै आएको छ ।

साधारण सभा काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा बिहान ९ बजेबाट सुरु हुनेछ । सो अनुसार मङ्सिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता रहेका शेयर धनीहरूले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update