जसपा नेपालको केन्द्रीय समिति बैठक आज
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक बस्न लागेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेण्डामा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ ०९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

