Harsamaya
सुनामी तयारीमा लगानी गरौँ भन्ने नारासहित विश्व सुनामी सचेतना दिवस मनाइँदै
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

काठमाडौं - ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।

सुनामी जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।  जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई जोड दिँदै आएको छ । 

राष्ट्रसङ्घका अनुसार अघिल्लो शताब्दीमा ५८ ठूला सुनामीले दुई लाख ६० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए ।  त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्य योजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो । यो ढाँचालाई ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update