नेवार समुदायको म्ह: पूजा आज
काठमाडौं- कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्ह: (आत्म) पूजा गरिँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्ह:) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्ह:) पूजा गर्ने परम्परा बसेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

