म्ह: पूजा र नेवार समुदायको तिहार: आत्म पूजादेखि नयाँ वर्षको स्वागतसम्म (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
म्ह पूजामा ‘सगुन’ दिने चलन अत्यन्तै महत्वपूर्ण छ । सगुन पाँच वस्तुहरूको संयोजन हो-माछा, अण्डा, बारा, मासु र रक्सी । यी पाँच तत्त्वले जीवनका पाँच शक्तिलाई जनाउँछ । घरकी मुली (महिला सदस्य) को हातबाट सगुन लिएपछि सबै सदस्यहरू आफ्नो आत्माको कल्याणका लागि त्यसलाई ग्रहण गर्छन् । यसरी नेवारहरूको म्ह: पूजा आत्म स्वीकृति र आत्म प्रेमको प्रतीक हो, जहाँ व्यक्ति आफूलाई पुनः स्मरण र सम्मान गर्छ ।

नेवार समुदायको म्ह: पूजा आज
बुधबार, कात्तिक ५, २०८२
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
साताको लोकप्रिय