अधिकांश जिल्लामा पानी पर्न रोकियो, खुमलटारमा सबैभन्दा बढी वर्षा

काठमाडौं - शुक्रबारदेखिको अविरल वर्षा आइतबार बिहान कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरैजसो जिल्लामा ठूलो पानी पर्न रोकिएको छ।
गएको एक घण्टा (१०:३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
तर काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय