काठमाडौं -आज विश्व रेबिज दिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
सेप्टेम्बर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।
सेप्टेम्बर २८मा फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्युवरण गरेको दिन पनि हो र उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतका लागि उनको सम्झना गर्ने गरिन्छ ।
२०२५ को विश्व रेबिज दिवस को नारा ‘एक्ट नाउ : यु, मी, कम्युनिटी ’रहेको छ जसको अर्थ रेबिज रोकथामका लागि व्यक्तिगत, पारिवारिक र सामुदायिक सबैको तत्काल र साझा प्रयास आवश्यक रहेको छ ।
सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्सपोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरुरी छ ।

