Harsamaya
जेनजी समूहको पत्रकार सम्मेलनमा लफडा, हातपातको प्रयास
जेनजी आन्दोलनका कमाण्डर भनिएका सुदन गुरुङ ।

काठमाडौं - जेनजी आन्दोलनका कमाण्डर भनिएका सुदन गुरुङमाथि हातपात प्रयास भएको छ ।

आइतबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारमाथि गुरुङ खनिएपछि झडपको अवस्था आएको हो ।

उनले पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिन पनि चाहेनन् । उल्टै रिसाएका थिए ।

स्थिति झडपमा परिणत हुन लागेपछि पत्रकार ऋषि धमलाले सम्हाल्ने प्रयत्न गरेका थिए । स्थिति अझै नियन्त्रणमा आएको छैन । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update