प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन् ।
शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको वीर अस्पतालको ट्रमा सेन्टर पुगेर भेटेकी हुन् ।
शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
उनले सम्बन्धित चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छिन् ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ २०:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय