Harsamaya
ब्राजिलमा  प्रहरीसँगको गोली हानाहानमा ६ जनाको मृत्यु
ब्राजिलमा  प्रहरीसँगको गोली हानाहानमा ६ जनाको मृत्यु ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इरानमा सर्वोच्च अदालतको दुई न्यायाधीशको गोली हानी हत्या गरेपछि आक्रमणकारीले गरे आत्महत्या
इरानमा सर्वोच्च अदालतको दुई न्यायाधीशको गोली हानी हत्या गरेपछि आक्रमणकारीले गरे आत्महत्या न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन्  । उनको उपचार भइरहेको छ।
भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर, सोमबार सजाय सुनाइने
भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर, सोमबार सजाय सुनाइने घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरूले ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता युक्रेनमा हालसम्म रुसको पक्षमा लडिरहेका १२ भारतीयको मृत्यु भइसकेको छ ।  भारतीय बिदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार अबेर पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु युद्बबिरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।  आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो । 
क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित)
क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित) क्यानडामा जस्टिन ट्रुडोले राजीनामा दिए पछि भारतीय मूलकी सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् । हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।
इजरायली सैन्य कारबाही स्थगित गर्न संयुक्त राष्ट्र प्रमुखको आव्हान
इजरायली सैन्य कारबाही स्थगित गर्न संयुक्त राष्ट्र प्रमुखको आव्हान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आव्हान गरेका छन् ।  दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेरेसले भने, 'इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लंघन हो ।
चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण
चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ । पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२:०७ मा प्रक्षेपण गरिएको थियो ।  उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
महाकुंभ मेलामा लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन
महाकुंभ मेलामा लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन उत्तरप्रदेश सरकारले जारी गरिएको आधिकारिक तथ्यांक अनुसार शुक्रबार दिउँसो ४ बजे सम्म १७ लाख ८० हजार भन्दा बढी तीर्थयात्री र १० लाख कल्पवासीले महाकुंभ मेलाको भ्रमण गरेका छन् ।
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।  दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् । 
जाँदाजादै अमेरिकी राष्ट्रपति बाइडेले दिए दुई हजार ५०० जनालाई क्षमादान
जाँदाजादै अमेरिकी राष्ट्रपति बाइडेले दिए दुई हजार ५०० जनालाई क्षमादान राष्ट्रपति बाइडेनले भने, ‘यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।’
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । 
Weather Update