Harsamaya
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । 
महाशिवरात्रीको भव्य तयारी: पशुपतिमा ५ लाख भक्तजनको आउने अनुमान (भिडियोसहित)
महाशिवरात्रीको भव्य तयारी: पशुपतिमा ५ लाख भक्तजनको आउने अनुमान (भिडियोसहित) सुरक्षा व्यवस्था कडा बनाइँदै, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको व्यापक उपस्थिति रहनेछ। नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् लगायत स्वयंसेवी संस्थाहरूबाट सयौं स्वयंसेवक परिचालित हुनेछन्।
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु...
Weather Update