लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
बिहीबार, कात्तिक ६, २०८२
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
बिहीबार, कात्तिक ६, २०८२
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटिकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
भाइटिकाको उत्तम साइत बिहान ११:३९ बजे
बिहीबार, कात्तिक ६, २०८२
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ ।
आज तिहारको मुख्य दिन अर्थात् भाइटीका
बिहीबार, कात्तिक ६, २०८२
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
मौलिकता हराउँदै देउसी–भैलो
बुधबार, कात्तिक ५, २०८२
केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो ।
गाई र गोरु पूजा: समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
हिन्दु धर्म संस्कृति तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ । साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ । त्यसपछि मात्रै हामीले शुभ कर्महरू गर्ने गर्दछौँ । गाईको त दैनिक रूपमा पनि पूजा पाठ गर्ने परम्परा रहेको छ । तैपनि विशेष गरी...
आज तिहारको पाँचौँ दिन: गाई‚ गोरु, गोवर्द्धन, हली पूजा गरिँदै
बुधबार, कात्तिक ५, २०८२
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
तिहारको किनमेलले व्यस्त असन (फोटो फिचर)
बुधबार, कात्तिक ५, २०८२
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर मात्र होइन उपत्यका छाडेर पर्व मनाउन आ-आफ्नो जिल्ला पुग्नेहरूले पनि यहाँबाट आवश्यक सामान खरिद गरेर लाने गरेका छन् ।
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट, धनतेरस मनाइदैं
शनिबार, कात्तिक १, २०८२
धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ ।
साताको लोकप्रिय

