‘बालगृहमा हुर्किएका बालिका पढ्नकालागि डेनमार्कसम्म पुगे’ [भिडियो]
शनिबार, साउन ३, २०८२
बालगृहमा सानै उमेरमा आएका बच्चाहरु छन् । उनीहरुको भविष्यको सवालमा रहेर हेल्प नेपाल बालगृह धुलिखेलले काम गरिरहेको छ । यस कामप्रति एकदमै खुसी महशुस हुन्छ । बालगृहलाई आफ्नो घर सम्झेर पढेर, हुर्केर आज उनीहरु आफैं सक्षम भइरहेका छन् । यसले खुशी तुल्याउँछ । बालिकाहरुका लागि विभिन्न सुविधाहरु पनि उपलब्ध गराएका छौं । बीमाको व्यवस्था छ । विदाई भएर जाँदाखेरि चारपाँच लाख रुपैंयाँ हात लाग्छ । १२ कक्षा सकेर जाँदाखेरि उनीहरुले पाउने ईन्स्योरेन्स रकम हेरेर दिने गरेका छौं ।
साताको लोकप्रिय