सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ
सोमबार, असार १६, २०८२
इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सिजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सले ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको थियो ।
साताको लोकप्रिय