आइओएफटिसीको १५ औँ संस्करण नेपालमा हुने
मंगलबार, जेठ १३, २०८२
आइओएफटिसीले आफ्नो २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औँ संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।