आयोजकले ‘वेश्या झैं बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने
सोमबार, जेठ १२, २०८२
भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झैँ’ बनेर यो काम गरिरहेको अनुभूति भए पछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणा पछि पहिलो पटक प्रतिक्रिया दिदैँ उनले आफ्नो निर्णयको पछाडि व्यक्तिगत कारणमात्रै रहेकी बताइन् ।