‘स्रोत व्यवस्थापन र बजेट विनियोजनमा कुशलताको कमी भएको छ’
बिहीबार, जेठ ८, २०८२
उनले भने, ‘लोक सेवा पढ्दै गर्दा २० वर्ष अगाडि लेखेका समस्याहरू अझै समाधान भएका छैनन् । सरकारको नीति तथा कार्यक्रमसँगै संविधानलाई आधार मानेर विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता यस समितिमा प्रस्तुत पनि भइसकेको छ । हाम्रो माग धेरै छन्, त्यसको स्रोत व्यवस्थापन र बजेट ल्याउने कुरामा विनियोजन कुशलता कायम गर्न काम गर्नुपर्नेछ ।’