नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
                                शनिबार, माघ १२, २०८१
                                नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा वृद्धि भएको छ ।
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
                            
                        
            साताको लोकप्रिय
        
    
