आज ‘क्रिसमस डे’ मनाइँदै
बिहीबार, पुस १०, २०८२
नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समुदायलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई ती तीन मूल्यको उत्सवका रूपमा मनाउने गरिन्छ । महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको रूप दिएको हो ।

