सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी (भिडियोसहित)
सोमबार, भदौ २२, २०८३
उनले तीन तहको सरकारमा काम गर्नुपर्ने नयाँ संरचनाअनुसार कर्मचारीको वृत्ति विकास, पदोन्नति र कार्यप्रणालीलाई समयानुकूल बनाउन नसकिएको बताए । उनले कर्मचारीलाई आफ्नो सेवा जीवनबारे स्पष्टता आवश्यक पर्ने बताए । ‘कति समय कहाँ काम गर्ने, कहिले बढुवा हुने, कस्ता सुविधा पाउने र भविष्य के हुने भन्ने निश्चितता कर्मचारीलाई चाहिन्छ,‘ उनले भने ।

