
काठमाडौं - शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् ।
आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले निजी क्षेत्रले कक्षा एक देखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षा देखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरू किताब चाहिँ जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौँ । एक, दुई, तीन, चारमा चार कक्षा चाहीँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहिँ उनीहरूको नघटाई दिउँ ।’
मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरूले मेसिनहरूको आपूर्ति गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए ।