Harsamaya
म सभापति रेसमा छैन - सहमहामन्त्री परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार।

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कही अनलाइनमा प्रकाशित आफू राज्यव्यवस्था समितिको सभापति बन्ने दाबीलाई असत्य र आधारहीन भन्दै कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै परियारले भने, ‘रातोपाटीका लेखक मधुजी, कुन स्रोतबाट लेख्नु भो? म त राज्यव्यवस्था समितिको सभापति बन्ने कुनै सोचमा छैन, रेसमा छैन। गलत कुरा लेख्नु भो। सच्याई दिनु हुन आग्रह गर्दछु।’

परियारले पत्रकारितामा स्रोत र तथ्यको प्रामाणिकता अनिवार्य हुने भन्दै रातोपाटीलाई तत्काल त्रुटि सच्याउन सार्वजनिक चेतावनी दिएका छन्। उनका अनुसार, बिना प्रमाण फैलाइएका यस्ता दाबीहरूले व्यक्तिगत छवि र संस्थागत मर्यादामा प्रतिकूल असर पार्छ।

जीवन परियार संयोजक भई कुलिङ पिरियडको बारेमा गडबडी छ भनेर प्रतिवेदन तयार भएको थियो।त्यसपछि समितिका सभापति रामहरि खतिवडा ले राजीनामा दिएपछि उक्त पद रिक्त छ। जुन कांग्रेस को भागबन्डामा परेको हो।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update