Harsamaya

काठमाडौं - कैलालीको लम्कीचुहा नगरपालिकाले अस्पताललाई शव चिस्यान (फ्रिजर) उपलब्ध गराएको छ ।

सोमबार नगरपालिकाका मेयर सुशिला शाहीले लम्कीचुहा अस्पताललाई २ वटा नि:शुल्क शव चिस्यान (फ्रिजर) उपकरण हस्तान्तरण गरेकी हुन् । 

अत्यावश्यक अवस्थामा शव चिस्यान उपकरण आवश्यक परेकाहरूको घरसम्म पुर्‍याउने व्यवस्था नगर प्रहरीले नै गर्ने मेयर शाहीले बताइन् । 

यो सेवाले नगरवासीका लागि सहज शव व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको  छ । 

पछिल्लो समय वैदेशिक रोजगारी जानेको संख्या बढ्दा शव व्यवस्थापन तत्काल नहुने स्थिति देखिएको छ । यस्तो अवस्थामा शवलाई सुरक्षित र सहज राख्न शव चिस्यानले धेरै सहयोग पुग्ने नगरवासीले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update