काठमाडौं - नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले कांग्रेसले सबै जनतालाई सुकिलामुकिला हुन सिकाउने बताएका छन् ।
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले कांग्रेस आफू पनि सुकिलामुकिला हुने र जनतालाई पनि सुकिला हुन सिकाउने बताए । उनले नेपाली कांग्रेस मात्रै एउटा पार्टी रहेको र जसलाई संसारले पत्याएको बताए ।
उनले मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे आफू नभएको बताए । कांग्रेसका कार्यकर्ताको हौसलाले २३ वटा मुद्दा लागेपनि आफू राजनितिमा सक्रिय रहने उनले वाचा गरे । उनले जनताका सुखदुखमा साथ दिए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । ‘जनता रोए रोइदनिुस् हाँसे हासिदिनूस् तर जनताको साथ कहिल्यै नछाड्नूस्’ , उनले कार्यकर्तालाई निर्देशन दिए ।
सिन्धुपाल्चोकमा विपति पर्यो भने कहाँ छ कांग्रेस भनेर खोज्ने गरेको उनले सुनाए । उनले सामाजकि सञ्जालमार्फत आफ्नो चरित्र हत्यामा लागेकाले आफ्ना कार्यकर्तालाई पनि सामाजकि सञ्जालमा एक्टिभ हुन आग्रह गरे ।
जो सँग तागत छ विरोधीहरू त्यसको पछि लाग्ने उनले बताए । ‘मेरो भाइको कोही सत्रु छैन, मेरो भतजिाको कोही सत्रु छैन जो सँग तागद छ त्यसको पछि लाग्ने हो ।’ आफू तागतदार भएकोले आफ्नो सत्रु लागेको उनको भनाइ थियो । पार्टीभित्र र बाहिर अलिअलि स्याङस्याङ गर्ने मानिसहरू भएकाले अब पो राष्ट्रयि नेता भन्न थालेको आफूलाई भान भएको उनले बताए ।
कार्यक्रमको अन्य भिडियो :
मुलुक बिगार्ने, भत्काउने पहिलो शक्ति माओवाद नै हुन् - कांग्रेस नेता केदार क्षेत्री
मोहन दाइले बालिदिएको बिजुलीमा मोबाइल चार्ज गरेर विरोध गर्नुको कुनै तुक छैन : भक्तध्वज बोहोरा
एमाले छाडेर कांग्रेस प्रवेश गरेका अनिल लामाले भनेः मेरो २० वर्ष त्यसै खेर गयो
सिन्धुपाल्चोकमा कांग्रेसकाे काम देखेर कम्युनिस्ट थरथरी - मेयर बालकृष्ण बस्नेत
जनमुक्ति सेनाको कमाण्डर हुँदै एमाले लागेका राजन कार्की कांग्रेस प्रवेशः के भन्छन् त ?
कांग्रेस बलियो बनाउन एक पछि अर्को इट्टा थपिरहेकाछौं - सुवास तिमल्सिना
कांग्रेसमा भविष्य खोजिरहेकाहरुका लागि सिन्धु कांग्रेसले थप मेहनत गर्नुपर्नेछ - सचिव हिरा बहादुर लामा
राम बहादुर लामाको प्रश्न - मोहन दाइले देशको लागि राम्रो गर्दा किन विभिन्न कुरा भोग्नुपर्यो ?
कांग्रेस हिजो, आज र भोलि सधैं जनताको साथमा छ : बलेफि सभापति राम कुमार तामाङ

