काठमाडौं - ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच १८ दिने उक्त तालिम समापन गरिएको हो ।
गत जेठ २८ गतेदेखि सुरु भएको सामूदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो ।
त्यस्तै मंगलबार ललितपुरको टौदहमा डुंगा प्रयोग गरेर उद्दारको डेमो समेत प्रश्तुत गरिएको थियो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले खरिद गरेको चारवटा डुंगा प्रयोग गरेर उद्दारको तालिम प्रदान गरिएको जानकारी गराए ।
उनले भने,‘हामीसँग उद्धारका लागि सबै सामग्री छ भन्ने अनुभूति गरेको थियौं । तर गत असोज ११ र १२ गतेपछि थाहा भयो कि हामीले डुंगाको व्यवस्था गर्नुपर्ने रहेछ । त्यसपछि पाँचवटा डुंगा किन्ने भनेर अघि बढेका थियौं । चार वटा डुंगा डेलिभरी भइसकेको छ । त्यही डुंगामा तालिम गराएर दिक्षित हुनु भएको छ ।’
त्यस्तै उनले विपद उद्दारको लागि तालिम दिएर तयारी अवस्थामा ललितपुर महानगर रहेको पनि बताए ।