Harsamaya
शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल
सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शिक्षामन्त्री रघुजी पन्त। 

काठमाडौं - शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । 

सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् । 

शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा समितिमा आजपनि विधेयकमा सहमति नजुटेपछि उनी संवादको लागि सानेपा पुगे । 

उनी केहीबेरमा नै संवाद सकेर समितिको बैठकमा पुन सहभागी भएका छन् । 

यता नेपाल शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update