राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन् । आन्दोलनको चौथो दिन आज राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
उनीहरूले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
