Harsamaya

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए । 

उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए । पत्रकार महासंघको महासचिव हुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ । सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाहीँ धेरै विद्वानहरुले भन्न नसकेको कुरा लेखिएको हुन्छ । त्यस्तो कुरा पाठकले मात्र देख्छ । त्यसकारण म तपाईहरुको पाठक हुँ, विद्यार्थी हुँ । संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु । सबैले बाटो देखाइदिनुहोला । मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ ।’

यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update