Harsamaya
कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे
अर्थ समितिका सभापति सन्तोष चालिसे ।

काठमाडौं - अर्थ समितिका सभापति सन्तोष चालिसे आगामी योजनामा कृषि क्षेत्रलाई प्राथमिकता मात्र दिने नभनी बजार सुनिश्चित गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै समितिका सभापति चालिसेले कृषि क्षेत्रको विकासका लागि बजारको सुनिश्चतता हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘अब हामीले कृषि, पर्यटन, विद्युत, आइटी र उर्जामा जोड दिनुपर्छ भनेर सबैले जोड दिनुभएको छ । तर कृषि क्षेत्रलाई ध्यान दिने मात्र भनेर कुनै अर्थ छैन् । कृषि क्षेत्रको रुवाबासी हेरेका छौं । किसानले बैंकबाट ऋण लिएर गाई पाल्छ तर दूध बिक्री नभएर पोख्ने अवस्था छ । बजारको सुनिश्चतता छैन । तरकारी रोप्दा भारतबाट आएको तरकारी कारण फाल्न परेको छ ।’

उनले तरकारीलगायत उपभोग्य कृषि उपजको बजारको मूल्य १५ दिन अगाडि नै तोकिनुपर्ने बताए ।  बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा छलफल गरएको थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यस्ता विषयमा हरेक मन्त्रालयमा छलफल गरिनुपर्ने बताए । यस्ता छलफलले समस्याको समाधान निकाल्न सहज हुने धारण राखे ।  


 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update