Harsamaya
चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास,अस्पताल पुर्याइयो
कीर्तिपुरको बर्न अस्पताल । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । 

गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको छ । 

काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update