Harsamaya

न्यूयोर्क - प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका छन् । 

प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । 

प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उनी न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले बिहीबार अपराह्न संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update