Harsamaya
कांग्रेसका क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै दुई घरमा तोडफोड
घरमा तोडफोड तथा आक्रमण ।

विराटनगर - मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा कांग्रेसका क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै दुई जनाको घरमा तोडफोड तथा आक्रमण भएको छ।

शनिबार राति करिब ११ः५० बजे क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा तोडफोड भएको प्रहरीले जनाएको छ। घटनामा घरका गेट, झ्यालका सिसा, कुर्सी र भाडाको गाडीमा क्षति पुगेको छ।

प्रारम्भिक अनुसन्धानमा विशाल खड्का, निशान कार्की र रोशन मण्डल संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरू फरार रहेकाले खोजी भइरहेको छ।

स्थानीयका अनुसार घटनामा कार्कीका दाजु बलराम कार्की र युवा भव्य मग्रातीमाथि समेत हातपात भएको छ। घटनाको कारण खुलेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update