Harsamaya

काठमाडौं - प्रधानमन्त्रीको अभिव्यक्ति र बजेटसँग सम्बन्धित विषयमा सांसदहरूले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्।

संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सांसद गुरु बराल ले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

उनले भने, ‘देशको सीमाको विषयमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले निरुपण गर्नुपर्छ। यो विषयमा उहाँ जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो माग हो। संसद निरन्तर अवरोध गर्ने हाम्रो योजना होइन। तर स्वयम् प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भनेर भनिसकेपछि त्यो भूमि कहाँ–कहाँ मिचिएको छ भन्ने सूची संसदमा पेश गर्नुपर्छ। त्यस विषयमा संसदमा छलफल हुनुपर्छ। इतिहासले पुष्टि गर्छ कि नेपालले कसैको भूमि मिचेको छैन।’

Samsad--1780320874.jpg
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर ले विद्युत उपभोगमा लगाइएको करले सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने बताएकी छन्।

उनले भनिन्, ‘५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि सरकारले ५ प्रतिशत कर लगाएको छ। यसले सर्वसाधारणलाई असर पारेको छ। कृषक, गृहिणी तथा सामान्य उपभोक्ताहरू प्रभावित भएका छन्। विद्युतीय सवारीसाधन प्रयोग गर्नेहरूलाई पनि चार्जिङ खर्च बढेर थप आर्थिक भार परेको छ।’

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update