लुम्बिनी काँग्रेसका महामन्त्रीले छाडे पार्टी
काठमाडौं - नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टी छाडेका छन् । उनी काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् ।
उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
उनले २०७० सालमा संविधानसभा सदस्य निर्वाचन जितेका थिए । २०७९ को निर्वाचनमा क्षेत्र नं १ मा बिनोद चौधरीले टिकट पाएपछि खनाल असन्तुष्ट थिए ।
उनीमाथि चौधरीलाई हराउन खोजेको आरोप लागेको थियो । खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिएको थियो । भर्खरै कारवाही फुकुवा भएका उनी रास्वपा प्रवेश गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

