सिन्धुपाल्चोक - नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर श्रेष्ठले सिन्धुपाल्चोकको सरकार मोहन बहादुर बस्नेत भएको बताएका छन् ।आज १ नम्बर क्षेत्रीय समितिले आज बाह्रबिसेमा आयोजना गरेको आमसभामा उनले सो कुरा बताएका हुन् ।
‘यो देशमा सरकार कसको थाहा छैन’ उनले भने, ‘तर सिन्धुपाल्चोकको सरकार काँग्रेसको हो र त्यसको प्रमुख मोहन बस्नेत हो । को सँग लड्नूपर्यो कोसँग भिड्नुपर्यो ?’ उनले कामले जनतासँग भिड्ने बताए । ‘जनताको घर घरमा पुगेका छौं’ , उनले भने, ‘यहाँका दाजूभाईसँग मिलेर काम गरेका छौं ।’ जनतालाई दुख परेको बेला जनतासँग नहुने नेता नेतै नभएको उनले बताए ।
उनले अहिले प्रधानमन्त्रीको सुरक्षा नभएको बताएका छन् । ‘कतिबेला जेनजीले चिमोट्ने हो थाहा छैन’ , उनले भने, ‘गृहमन्त्रीको हालत त्यस्तै छ हरुको त्यस्तै छ ।’ तर काँग्रेसको कार्यकर्तालाई कहिल्यै असुरक्षाको महसुस हुन नदिने उनले ठोकुवा गरे ।
अर्को सन्दर्भमा उनले भदौ २३ र २४ गते जेनजीको नाममा लुटेराहरू आवाराहरू धेरै भएको बताए । जेनजी आन्दोलनमा काठमाडौं र भक्तपुरमा रहेको बस्नेतको दुवै घरमा आगो लगाएका थिए । उनले आफ्नो घर आगो लगाउने सिन्धुपाल्चोककै माओवादी भएको ठोकुवा समेत गरे ।
मोहन बस्नेत बलियो छ यसलाई तह लगाउनुपर्छ भनेर माओवादीले आगो लगाएको उनले आरोप लगाए । उनले मोहन बस्नेतको घरमा आगो लगाएर मोहन बस्नते नसिदिने दाबी गरे । उनले बेला आएपछि आफ्नो घरमा आगो लगाउनेसँग बदला लिएरै छाड्ने ठोकुवा गरे ।
उनले काँग्रेस नभए तातोपानी नाका नै नचल्ने बताए । ‘म केही समय चुपो लागेर बसे’ उनले भने ‘अहिले नाकानै चलेको छैन, काँग्रेस नभए नाका नै चल्दैन ।’

