Harsamaya
क–कसले भेटे बालेनलाई ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ।

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।

बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।

उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ ।’

यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए ।

उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हामीले जिम्मा लिनुपर्ने बेला आयो जस्तो छ, हामीले जिम्मा लिँदै गर्दा तपाईहरुको साथ हुन्छ कि हँुदैन । के हुन्छ भन्ने खालको उहाँहरुको जिज्ञासा थियो । उहाँले अहिले यसरी सबैसँग छलफल गरिरहेको छ । हाम्रो छलफल अगाडि कसरी जाने भन्ने बारेमा हो ।’

बालेन अहिले जेनजीहरूसँग छलफलमा छन् भने बालेनसँगै छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि त्यहाँ पुगेका थिए । साथै, बालेनले यसअघि रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, अमरेशकुमार सिंह लगायतसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update