Harsamaya
सिन्धुपाल्चोक १ बाट मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस
काँग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत ।

काठमाडौं- नेपाली कांग्रेसले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा निर्वाचन उमेदवारका लागि केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

 मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम एकल रुपमा सर्वस्ममत सिफारिस गरेको हो । 

उनी प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकेको छ । अन्य नेताहरूको नाममा सहमत्ति जुट्दै गरेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update