ललितपुर महानगरका मेयर महर्जनद्वारा यःमरि बनाउने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
काठमाडौं - एकेडेमी अफ कुलिनरी आर्ट्स कलेजले आयोजना गरेको यःमरि बनाउने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच ललितपुर महानगरपालिका प्रमुख चिराबाबु महर्जनबाट पुरस्कार वितरण गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए ।
कलेजले गत मङ्सिर १४ गते प्रतियोगिताको समापन गरेको थियो । सोही प्रतियोगिताको पुरस्कार भने आज वितरण गरिएको हो ।उक्त समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह लगायत विशिष्ट अतिथिहरूको विशेष उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२ १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

