आज बालाचतुर्दशी, पितृका नाममा शतबीज छर्ने दिन
काठमाडौं– आज बालाचतुर्दशी पर्व मनाइँदै छ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शत बीज छरिँदै छ ।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्। त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्।
शत बीज छर्न पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२ ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

