बिमा प्राधिकरणका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयबाट नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय