Harsamaya
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
नेपाल बीमा प्राधिकरण ।

काठमाडौं - जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ४७८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३ ओटा बीमा दाबीका लागि ५२ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि सिद्धार्थ प्राइम इन्स्योरेन्सले २७९ ओटा बीमा दाबीका लागि ५० करोड ८३ लाख रुपैयाँ बराबर भुक्तानी गर्नुपर्ने देएिको छ ।

यस्तै, आईजीआई प्रुडेनशियल इन्स्योरेन्समा परेका १७० ओटा दाबीमा २७ करोड ६८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्समा ३७४ ओटा दाबीमा २३ करोड ९३ लाख रुपैयाँ र सगरमाथा लुजविनी इन्स्योरेन्समा परेका २५७ ओटा दाबी १५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

बीमा प्रकारअनुसार हेर्दा सबैभन्दा बढी सम्पत्ति बीमामा दाबी दर्ता भएको छ । यस अन्तर्गत ५३८ दाबीबाट १८६ अर्ब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी माग भएको छ । त्यसपछि १ हजार ७७८ मोटर बीमा दाबी २९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी परेका छन् । बागमतीमा १ हजार ३४३ दाबीबाट १७९ अर्ब ७७ करोड रुपैयाँ दाबी भएको छ । त्यसपछि कोशी प्रदेशमा ३२२ दाबीबाट १६ अर्ब ५० करोड रुपैयाँ दाबी गरिएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार बीमा व्यवसायमा पछिल्लो समय उत्पन्न असहज परिस्थितिका कारण दाबी संख्यामा उल्लेख्य वृद्धि भएको छ । समितिले कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियामा ढिलाइ नगरी छिटोछरितो टुंगो लगाउन निर्देशन दिएको छ ।

Photo-(1)-1758531161.png

Photo-(2)-1758531160.png

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update