Harsamaya
आज संविधान दिवस

काठमाडौं - आज संविधान दिवस ।  देशभर यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०७२ असोज ३ गते नेपाली जनताको लामो बलिदानी पूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरूप संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठक स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधान जारी भएको घोषणा गरेका थिए ।

 आज राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा  बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update