Harsamaya
स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल ।

काठमाडौं - नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । 

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् ।

पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताए ।

निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए ।

साथै पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने उनको दाबी छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update